हेटौंडा १० राप्ति तटमा फलफुलका बिरुवा रोपियो

छहारी संवाददाता
साउन २, २०८१

हरित सुन्दर नगरीको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१० राप्ति तट क्षेत्रमा फलफुलका बिरुवा रोपेको छ । बजार क्षेत्रमा फुलका बिरुवा रोपणलाई प्राथमिकतामा राखेको उपमहानगले बाइपासको राप्ति तटिय क्षेत्रमा फलफुलका बिरुवा रोपेको हो ।

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमले तटिय क्षेत्रमा आँप, एभोकार्डो, लिच्ची, रुखकटहर, अम्बा सहितका फलफुलका बिरुवा रोपेका हुन् ।

बिरुवाले फल दिने अवस्था भएपछि स्थानिय बासिन्दा सहित राप्ति तटयि क्षेत्रमा आउँनेले फलफुल खाँदै रामउन सक्ने बताइएको छ । उपमहानगरले राप्ति पुलबाट दक्षिण कुष्माण्ड क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्ने तयारी अनुसार त्यस क्षेत्रमा बृक्षरोपणकार्यलाई प्राथमिकतामा राख्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*