घाइते दुलाल द्वयलाई थप उपचारका लागि भरतपुर पठाइयो

छहारी संवाददाता
असार २९, २०८१

सडक छेउमा थुपारिएको निर्माण सामग्रीमा चिप्लिएर गम्भिर घाइते भएका मोटरसाईकल चालकलाई थप उपचारका लागि भरतपुर पठाइएको छ ।

हेटौंडाबाट हर्नामाडी जादै गरेका दुईवटा मोटरसाईकल शुक्रबार राती ९ः३० बजे धरान चतारा खण्डको हेटौंडा–६ पुतलिबजार भुलभुले भन्ने स्थानमा सडक छेउमा थुपारिएको निर्माण सामग्रीमा चिप्लिएर दुर्घटनामा परेका थिए ।

दुर्घटनामा घाइते भएका बागमती प्रदेश ०३–००३ प ७१२६ नम्बरको मोटरसाईकल चालक हेटौंडा–१८ सुमन दुलाल र सोही स्थानका बागमती प्रदेश ०३–००५ प ६३०९ नम्बरका चालक बिनायक दुलाललाई हेटौंडा अस्पतालबाट थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

ढलको ढकन बनाउनका लागि सडक छेउमा थुपारिएको गिट्टीमा मोटरसाईकल चिप्लिएको स्थानीयले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*