बाल जागृति ईलींस सेकेन्डरी स्कुलले स्कयाबल कार्यशाला आयोजना गर्ने
मकवानपुरको हेटौँडामा रहेको बाल जागृति ईलींस सेकेन्डरी स्कुलले स्कयाबल कार्यशाला आयोजना गर्ने भएको छ ।
बिद्यार्थीहरुको तार्किक क्षमता अभिबृद्धि र सामुहिक कार्यक्षमता बिकासकालागि कार्यशालाको आयोजना गरिएको हो ।नेपालमा पोखराबाट खेल्न सुरुगरीएको स्कयाबल खेल मकवानपुरको लागि नयाँ खेलको रुपमा रहेको बाल जागृति ईलींस सेकेन्डरी स्कुलका प्रधानाध्यपक विनोद सुवेदीले बताउनु भयो ।
पछिल्लो समय बालबालिकाहरु मोबाईलका खेलहरुमा मात्रै सिमित रहेको भन्दै स्कयाबल खेलबाट बालबालिकाहरुको तार्किक क्षमता अभिबृद्धि र सामुहिक कार्यक्षमता बिकास गर्न यो खेलको आवश्यकता रहेको उहाँको भनाई छ । सिकाई सँग जोडिएको खेल भएको कारण स्कयाबल खेल प्रति बालबालिकाहरुको रुचि बढ्दै गईरहेको उहाँको भनाई छ ।
समुदायिक र सस्ंथागत बिधालयका बिद्यार्थी र शिक्षकको लागि कार्यशाला आयोजना गरिएको हो । जिल्लाका प्रत्यक बिद्यालयबाट ३ जना बिद्यार्थी र एक जना शिक्षकले प्रतियोगितामा सहभागी जनाउन पाउने छन् । स्कुलको लगानीमा खेलाईने खेलमा सहभागी हुने बिद्यालयको लागि यातायातको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा कक्षा ४ देखि १० सम्मका विद्यार्थीले सहभागीता जनाउन पाउने भएका छन् । उक्त खेल असार १५ गते हेटौंडा ४ स्थित रोयल पार्टी प्यालेसमा हुने भएको हो । बिद्यालयको ३ लाख रुपैया खर्च गरि आयोजना गरिने प्रतियोगितामा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहने छ ।