रोजगारदाता, ट्रेड युनियन र श्रमिक बिचको दुरी घटाउन सरकार गम्भिर छः उद्योगमन्त्री श्रेष्ठ

छहारी संवाददाता
असार ११, २०८१

बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठले रोजगारदाता, ट्रेड युनियन र श्रमिकहरू बिचको बढ्दो दुरी घटाउन सरकारले गम्भिरताका साथ काम गरिरहेको बताउनु भएको छ ।

मंगलबार आयोजित सकारात्मक श्रम सम्बन्ध विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ठोस कार्यक्रम र योजनाका साथ लगानीकर्ताको समस्या तथा श्रमिकका अधिकारका विषयमा सरकारले काम गर्ने तयारी गरेको बताउनुभयो । प्रदेश सरकारले ट्रेड युनियनहरूले उठान गरेका श्रमिकका मुद्दा र उद्योगीका जिम्मेवारीका विषयमा सकारात्मक रूपमा नीति संवाद गर्ने सरकारको योजना रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

उद्योग व्यवसायीहरूको प्रवर्द्धनमा सरकारले नयाँ ढङ्गको कार्यक्रम ल्याउने गरी बजेट केन्द्रित गरेको उहाँको भनाई छ । उत्पादित वस्तुहरूको निर्यात तथा बजार व्यवस्थापन गर्न नसक्दा उद्योग क्षेत्रले समस्या भोग्नु परेको भन्दै मन्त्री श्रेष्ठले आयात प्रतिस्थापन सहित नेपाली उद्योगको उत्पादनको बजारीकरणमा काम गर्नुपर्ने बताउनुभयो । संघीय सरकारसंगको समन्वयमा उद्योग तथा व्यवसाय र श्रमिकहरूको विकास तथा प्रवर्द्धनमा काम गर्ने प्रदेश सरकारको तयारी रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा उद्योग व्यवसायी प्रतिनिधिहरूले सरकारको नीति र कार्यक्रम उद्योगमैत्री नभएको र त्यसमा सुधार गरेर उत्पादनमा केन्द्रित हुने कार्यक्रम ल्याउन माग गरेका छन् ।

कार्यक्रममा ट्रेड युनियनका प्रतिनिधिहरूले राज्यले तोके अनुसारको पारिश्रमिक र सुविधा उपलब्ध गराउन उद्योगहरूले आनाकानी गरिरहेको बताए । उनीहरूले उद्योग तथा व्यवसायमा श्रम शोषणको अवस्था कायमै रहेको र त्यसको निराकरणका लागि सम्बन्धित निकायले काम गर्न नसकेको गुनासो गरेका छन् ।

राज्यले तोकेको श्रमको मूल्य, सामाजिक सुरक्षाको सुविधा थुप्रै उद्योग तथा व्यवसायमा लागु नभएको भन्दै सो विषयमा सरकारी संयन्त्रले चनाखो भई अनुगमन तथा नियमन गर्नुपर्ने उनीहरूको माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*