शिक्षामा भएको बेथितिका कारण नेपाल गरिबः मुख्यमन्त्री जम्कट्टेल

छहारी संवाददाता
असार १०, २०८१

शिक्षाका लागी राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) बागमती प्रदेशले सार्वजनिक शिक्षाका नीतिगत तथा कार्यगत तहका विभिन्न सवालहरुमाथि बहस तथा छलफल गर्दै रुपान्तरणसहितको सार्वजनिक शिक्षा भन्ने मुख्य विषयमा केन्द्रित रहेर बागमती प्रदेशस्तरीय सार्वजनिक शिक्षा सम्मेलनको गरेको छ ।

बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले सम्मेलनको उद्घाटन् गरे मुख्यमन्त्री जम्कट्टेलले शिक्षामा भएको बेथितिको कारण नेपाल गरिब भएको बताएका छन् । राज्यले लगानी गरेर पढाएका बिधार्थी नेपालमा नटिकेको उनले गुनासो गरे । नेपालको प्रमुख साझा समस्या शिक्षामा भएको जम्कट्टेलले बताए । यसको समाधानको लागी पाठ्यक्रम बदल्नु पर्ने उनले बताए । भारत, चिन, युरोप लगायतको पठ्यक्रम नेपालका शिक्षा क्षेत्रका सरोकारवालाहरुले अध्ययन गर्नु पर्ने उनले बताए ।

कार्यक्रममा बागमती प्रदेश सामाजिक बिकाश मन्त्री कुमारी मोक्तानले समाजिक बिकाश मन्त्रालयले सर्बजनिक शिक्षाको सुदृढिकरणलाई महत्व दिदै बजेट बृद्धि गरेको बताइन । उनले मन्त्रालयले अनिबार्य तथा निशुल्क शिक्षा लागु भएको गाउ पालिका बनाउन पालिका स्तरमा साधन र स्रोतको अनुपातमा क्रमश लगानी गर्दै ११९ बटै पालिकामा अनिबार्य तथा निशुल्क शिक्षा लागु भएको गाउ पालिका घोषणा गर्ने दिर्धकालिन योजना रहेको समेत बताइन । मन्त्रालयले आमाबाबु बिहिन भएको बालबालिकालाई सहयोग समेत गरिरहेको बताउँदै सार्बजनिक शिक्षाको रुपान्तरणको लागी सरोकारबालाहरु सबै एक ठाउमा उभिनु पर्ने पनी बताइन ।

शिक्षाका लागी राष्ट्रिय अभियान नेपाल बागमती प्रदेशको अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मि श्रेष्ठ, संबिधान सभा सदस्य प्रल्हाद लामिछाने, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल केन्दीय अध्यक्ष राजेन्द्र पहाडी, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान, खैरहनी नगरपालिका प्रमुख शशीकुमार खनिया, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर प्रमुख दिनानाथ गौतम, राष्टिय मानब अधिकार आयोग प्रमुख रेवा रेग्मी, लगायत बागमती प्रदेशको शिक्षामा आबद्ध सरकारी तथा नागरिक समाज सस्थाको प्रतिनिधीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*