बिषालु च्याउ खादा मकवानपुरमा एक जनाको मृत्यु, ४ जना बिरामी

छहारी संवाददाता
असार ९, २०८१

बिषालु च्याउ खादा मकवानपुरमा एक जनाको मृत्यु भएको छ । चार जना बिरामी परेका छन्।

मकवानपुरको राक्सिराङ गाउपालिका ७ दुगुवाङ बस्ने ५५ वर्षका बल बहादुर प्रजाले जङगलबाट ल्याएको च्याउ आइतबार बिहान पकाएर खादा गम्भिर बिरामी परेका थिए । उनको चितवन स्थित भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

च्याउ खाएर बिरामी परेका परिवारका अन्य ४ जनाको उपचार भइरहेको छ । विरामी पर्नेमा अन्दाजी ५५ वर्षका बल बहादुर प्रजा, उनकी श्रीमती ४५ वर्षकी जालिमाया प्रजा, छोरीहरु १५ वर्षकी रेन्जु प्रजा , ८ वर्षकी सविना प्रजा र छोरा १० वर्षका सुशल प्रजा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरु सबैको अवस्था खतरा मुक्त छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*