चिठ्ठा विधेयकमा सरकारको मनसाय सही नदेखिएकाले फिर्ता भयो: बागमती प्रदेश प्रमुख शर्मा

छहारी संवाददाता
असार ७, २०८१

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले चिठ्ठा विधेयकमा प्रदेश सरकारको मनसाय सही नदेखिएकाले फिर्ता पठाएको बताउनुभएको छ ।

शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै उहाँले चिठ्ठा विधेयकमा सरकारको नियत सहि नदेखिएपछि संविधानले निर्दिष्ट गरेको अधिकारलाई नै प्रयोग गरेर पुर्न:विचारको लागि सदनमा फिर्ता पठाएको बताउनुभयो । विधेयकमा भएका प्रावधानले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पार्न सक्ने दीर्घकालिन प्रभावलाई विश्लेषण गरेर फिर्ता पठाएको भन्दै प्रदेश प्रमुख शर्माले परिमार्जन भएर आए प्रमाणिकरण गर्न कुनै समस्या नरहने स्पष्ट पार्नुभयो ।

प्रदेश प्रमुख शर्माले जनताको सुसुचित हुने हकलाई मिडियाले प्रबलीकरण गरेको बताउनुभयो । उहाँले सञ्चारकर्मीहरुले टिआरपी बढाउन कै लागि समाचार सम्प्रेषण गर्न नहुनेमा पनि जोड दिनुभयो । उहाँले आगामी दिनमा प्रदेश प्रमुखको कार्यालयमा सञ्चारकर्मीहरुलाई रिर्पोटिङको लागि सहज वातावरण बनाउने आश्वासन समेत दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*