भन्सार छली ल्याएको २ करोड ७१ लाख बढीको अबैध भेपसहित ५ जना मकवानपुरबाट पक्राउ

छहारी संवाददाता
असार ७, २०८१

मकवानपुर प्रहरीले ५८ कार्टुन भेप र त्यसमा प्रयोग हुने फ्लेवरसहित पक्राउ परेका ५ जनालाई शुक्रबार पत्रकार सम्मेलन गरी र्साजनिक गरेको छ ।

भन्सार छली ल्याएको २ करोड ७१ लख २१ हजार ७ सय ८० रुपैयाँ मुल्य बराबरको अबैध भेप र त्यसमा प्रयोग हुने फ्लेवरहरूसहित ५ जनालाई प्रहरीले बिहिबार साँझ पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले हेटौंडा ११ थानाभ¥याङबाट उनिहरुलाई पक्राउ गरेको हो ।

काठमाण्डौबाट हेटौंडा हुँदै भारतको दिल्ली जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रु बाहक बसलाई खानतलासी गर्दा उक्त परिमाणको भेप बरामद भएको जिप्रका मकवानपुरका एसपी सीताराम रिजाल जानकारी दिनुभयो । बसमा रहेका भारतीय यात्रुहरुलाई ओरालेर चेकजाँच गर्दा यात्रु बस्ने सिट माथी सिलिङमा फल्स वटम बनाई लुकाई ल्याएको भेप बरामद गरिएको एसपी रिजालले जानकारी दिनुभयो ।

भेप लोड गरी ल्याएको बस नेपाल दिल्ली चल्ने आधिकारिक बस नभएको पाइएको एसपी रिजाललले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बस केहि व्यक्तीहरुले भाडामा लिई एक महिनाको लागि नेपाल, भारत र अन्य देशका यात्रुहरुलाई भारत घुमाउने भनि नेपाल स्थित भारतिय एम्बेसीबाट यहि असार ५ गते रोड पर्मिट लिईएको छ ।

पक्राउ पर्नेहरुमा बस चालक दोलखा भिमेश्वर नगरपालिका २ बस्ने ३७ वर्षका सलाम मोक्तान, सह चालक उदयपुर कटारी नगरपालिका ११ बस्ने २७ वर्षका प्रबिन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका ७ बस्ने ३९ वर्षका ईन्द्र बहादुर दर्जी, सोही स्थानका ३० वर्षका सन्तोष भुसाल र धनकुटा बेलारा नगरपालिका १६ बस्ने २९ वर्षका राज कुमार हिमाङ रहेका छन् । उनिहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*