बागमती प्रदेश प्रमुख शर्माद्वारा ‘ईद’ को अवसरमा शुभकामना व्यक्त

छहारी संवाददाता
चैत्र २८, २०८०

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले विहीबार इस्लाम समुदायमा मनाइँदै गरिएको ईद पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले इस्लाम धर्मका अनुयायीहरुमा सुख, शान्ति एवम् सुवास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको हो । ‘ईद ऊल फित्रको यस सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली इस्लाम धर्मका अनुयायी दाजुभाई–दिदिबहिनीहरुमा सुख, शान्ति एवम् सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ईद मुवारक भन्न चाहन्छु । ’ प्रदेश प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ ।

शुभकामना सन्देशमा प्रमुख शर्माले हाम्रो देश बहुजातीय, बहुभाषिक र बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त रहेको भन्दै भौगोलिक विविधता अनुसार कला, संस्कृति र परम्पराहरु पनि बहुआयामिक भएको उल्लेख छ । प्रमुख शर्माको सन्देशमा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई मतावलम्बीहरुबीच उच्चस्तरिय सहिष्णुता कायम रहेको जनाइएको छ । ‘हाम्रा आफ्नै खालका चाडपर्वहरु मध्येको इद पनि इस्लाम मतावलम्बी समुदायबीच मनाइने एउटा महत्वपूर्ण पर्व हो ।’ प्रमुख शर्माको सन्देशमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*