पश्चिमा राष्ट्रबाट फण्ड लिएर धर्म परिवर्तनलाई प्रोत्साहन गरेको कमल थापाको आरोप
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालका केहि मिडियाहरूले पश्चिमा राष्ट्रबाट फण्ड लिएर धर्म परिवर्तनलाई प्रोत्साहन गरेको आरोप लगाउनु भएको छ ।
शुक्रवार हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले देशमा धर्म परिवर्तनको पहिरो गएको र त्यसमा केहि मिडिया र केहि राजनीतिक दलको भूमिका भएको बताउनुभयो । नेपालमा नास्तिकता फैल्याउनको लागि अमेरिकाले नेपालमा ५० औँ लाख फन्ट लगानी गरेको विषयको खुलासा भएको भन्दै उहाँले कतिपय आमसञ्चार माध्यम र राजनीतिक दलहरू धर्म परिवर्तनको लागि पश्चिमा मुलुकबाट फन्ट लिएर काम गरिरहेको दाबी गर्नुभयो ।
उहाँले धर्म परिवर्तन र विदेशीको लगानी बारे सत्य तथ्य छानबिन र प्रभावकारी कदम चाल्न सरकारलाई अनुरोध समेत गरेका छन् ।
अहिलेको व्यवस्था असफल भएको भन्दै थापाले राजा सहितको प्रजातान्त्रिक व्यवस्थाको लागि सबै राष्ट्रवादी शक्ति एक हुनुपर्ने बेला भएको बताउनुभयो । राजा सहितको प्रजातान्त्रिक व्यवस्थाको लागि आफूहरूले नजिकका शक्तिहरूसँग नियमित छलफल गरिरहेको थापाको छ ।