साना किसन कृषि सहकारीले स्थापना दिवस वृद्धाश्रमका आश्रितहरुसंग मनायो

छहारी संवाददाता
चैत्र ४, २०८०

साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं स्थापना दिवस वृद्धाश्रमका आश्रितहरुसँग मनाएको छ ।

आइतबार सहकारीले हेटौंडा १५ रातोमाटे स्थित दिव्य सेवा निकेतन (जेष्ठ नागरीक आश्रय स्थल) मा गएर १ दिनभरीको खाना खुवाएर दिवस मनाएको हो । आश्रममा आश्रित ३० जना जेष्ठ नागरीकलाई १ दिनभरीको खाना खुवाइएको हो ।

वृद्ध वृद्धाहरुको हेरचाहलाई नजिक बाट नियालेर आफुहरुले घरका अभिभावकहरुलाई अझ बढि माया र सम्मान दिनुपर्छ भन्ने मानसिकता बनाउन समुहले दिवसको अवसर पारेर यस्तो कार्यक्रमको आयोजना गरेको सहकारीकी अध्यक्ष रेखा खतिवडाले बताईन् ।

यसअघि सहकारीले स्थापना दिवसमा अन्तरक्रियात्मक कार्यक्रमहरु आयोजना गर्ने गरेको थियो ।

दिव्य सेवा निकेतन आश्रमका केन्द्रीय अध्यक्ष तेजराम निरौलाले आश्रमका आश्रितहरुलाई आश्रममानै उत्पादित तरकारी, दुध, दहि लगाएतका अर्गानिक खाद्यान्नहरु खुवाइने बताउनुभयो । आश्रममा सेवा र सहयोग गनुपर्छ भन्ने धारणा जनमानसमा बढ्दो रहेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

हेटौंडा १८ हर्नामाडी स्थित रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडमा ९ सय ९८ जना महिला सदस्यहरु आवद्ध रहेका छन् ।

यस सहकारीमा २ सय ५ वटा समुहहरु रहेका छन् । जसमा १ हजार ३ सय ४२ जनाले नियमित बचत गर्छन् ।

सहकारीको शेयर पुँजी १ करोड २ लाख २३ हजार रुपैँया रहेको छ । १ करोड ४४ लाख ४८ हजार ८ सय ७५ रुपैँया जगेडा कोष, निक्षेप संकलन ५ करोड २५ लाख २ हजार ३ सय ७७ रुपैँया, र १९ लाख रुपैँया सहकारीको कुल नाफा रहेको संस्थाका व्यवस्थापक माधव पुडासैनीले बताए ।

त्यस्तै मल विक्रि वितरण, दुध संकलन, कृषि औजार वितरण, धान पकेट कार्यक्रम, अदुवा पकेट कार्यक्रम सञ्चालन जस्ता सेवाहरु सहकारीले दिँदै आइरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*