मंगलदीप सहकारीले स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्ने

छहारी संवाददाता
चैत्र ४, २०८०

मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १० औं स्थापना दिवसको अवसरमा थाहा नगरपालिका ४ शिखरकोटमा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।

सहकारी संस्थाको सदस्य सेवा केन्द्र शिखरकोटको ब्यवस्थापनमा रक्तदान कार्यक्रम आयोजना गरिएको गर्न लागिएको सेवा केन्द्र प्रमुख गणेश विष्टले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा स्थानीय संघ संस्थाहरुको सहयोग र सहकार्य रहने केन्द्र प्रमुख बिष्टले बताउनुभयो ।

कार्यक्रमको सहआयोजकमा पालुङ जेसीज रहेको छ भने सहायेगी संस्थाहरु नेपाल रेडक्रस सोसाइटी दामन उपशाखा, लायन्स क्लव अफ थाहा पिस, लियो क्लव अफ थाहानगर, फरक सोच, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी उपशाखा पालुङ, शिखर क्लव र शिखरकोट बजार व्यवस्थापन समिति रहेका छन् ।

२०७० साल चैत्र ९ गते स्थापना भएको मंगलदीप बचत तथा ऋण सहकारी संस्थाको ललितपुर जिल्लाको लगनखेलमा मुख्य कार्यालय रहेको छ ।
संस्थाले बिगतका वर्षहरुमा पनि स्थापना दिवसको अवसरमा समुदायमा आधारित विविध सामाजिक कार्यहरु गर्दै आएको छ । छोटो समयमा सदस्यहरुको विश्वास जित्न सफल सहकारीको थाहा नगरसहित २ वटा सेवा केन्द्र सञ्चालनमा रहेका छन् । मकवानपुरको थाहा नगरपालिकाकोे शिखरकोटमा २०७८ असोजदेखि सेवा केन्द्र सञ्चालनमा आएको हो ।

मंगलदीपको शिखरकोटसंगै गोदावरीको ठैबमा पनि सेवा केन्द्र सञ्चालनमा आएको छ । संस्थाले सहकारीको सिद्धान्त अनुसार समुदायमा आधारित संस्था भएकाले सामाजिक उत्तरदायित्वलाई आधार मान्दैे विभिन्न सचेतना र सेवामुलक कार्यहरु गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*