आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनीमा महिला उद्यमीका सफलताको कथा

छहारी संवाददाता
चैत्र ३, २०८०

हेटौंडामा जारी आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनीमा महिला उद्यमीहरुले आफ्नो सफलताको कथा प्रस्तुत गरेका छन् । शनिबार मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिकी सभापति अंकिता सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा महिला उद्यमीहरुको सफलताको कथा प्रस्तुती गरिएको हो ।

कार्यक्रममा माउन्टेन बि कन्सन प्रालि ललितपुरकी संचालक सरिता भट्टराई, मान्द्रो नेपाल चितवनकी संचालक अम्बिका धिताल, सौगात गृह सिन्धुलीकी संचालक विमला थापा लगायतले आफ्नो व्यवसायीक यात्राको भोगाईहरु प्रस्तुत गर्नुभयो ।

आफ्नो सिपलाई कर्म बनाइ उद्योग संचालन गरेर धेरैलाई रोजगारी दिइरहनु भएका उहाँहरुले हामी कमजोर छौं भन्ने मानसिकता त्यागेमा सफल भइन्छ भन्ने थुप्रै उदाहरणहरु प्रस्तुत गर्नुभयो । रैथाने अन्नदेखि गुन्द्रुक मस्यौरा मह लगायतको व्यवसायमा आफुलाई अब्बल बनाएर अगाडी बढीरहनु भएका महिलाहरुले महिलामा लगानी मात्र होइन उच्च आत्मबलको आवस्यक्ता रहेको बताउनुभयो ।

११ वर्षपछि “पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यक्ता” भन्ने नाराका शुक्रबारबाट सुरु भएको प्रदर्शनी चैत्र ६ गतेसम्म चल्नेछ ।

हेटौंडाको पल्पसा सदनमा जारी प्रदर्शनीमा मकवानपुर, सिन्धुली, चितवन, काठमाडौं, नुवाकोट, ईटहरी लगायतका जिल्लाका महिला उद्यमीहरुको हस्तकलाका उत्पादनहरु, अन्य वस्तु तथा सेवाहरुको प्रदर्शनी साथै कृषि सम्बन्धी स्टलहरु राखिएका छन् ।

शनिबारको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, पूर्व अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*