जलविन्दु रोग सम्बन्धि सरोकारवालाहरुसंग सचेतनामुलक छलफल

छहारी संवाददाता
चैत्र २, २०८०

सामुदायिक आँखा अस्पताल हेटौंडाले जलविन्दु रोग सम्बन्धि सरोकारवालाहरुसंग सचेतनामुलक छलफल गरेको छ । विश्व जलविन्दु सप्ताह अन्तर्गत शुक्रबार छलफल कार्यक्रम आयोजना गरी अस्पतालले जलविन्दु रोगको पहिचान, जोखिम र निदान बारेमा जानकारी दिएको हो ।

छलफल कार्यक्रममा अस्पालका प्रमुख डाक्टर सुनिल थकालीले अस्पतालमा दैनिकि १० देखि १२ जना जलविन्दुका बिरामी आउने गरेको बताउनुभयो । आखाँमा हुने जलको उत्पादन र निकाशमा सन्तुलन नहुँदा जलविन्दुको जोखिम हुने उहाँले बताउनुभयो । डाक्टर थकालीका अनुसार दृष्टिविहिन हुनुमा जलविन्दु चौथो कारण रहेकोे विश्वको तथ्याकंले देखाएको छ ।

सुरुवाती चरणमा यसको कुनै लक्षणहरु नदेखिने र आँखा बन्द भइसकेपछि मात्र रोग पत्ता लाग्ने हुनाले प्रत्येक व्यक्तिले समय÷समयमा आँखाको प्रेसर जचाउनु पर्ने उहाँदृ सुझाव दिनुभयो । जलविन्दु वंशाणुगत, उमेरजन्य, आखाँको हेरचाहमा लापरबाही जस्ता मुख्य कारणहरुले हुने उहाले बताउनुभयो ।

नेपालमा पहिलोपटक सन् १९८१ मा अन्धोरोग बारे सर्वेक्षण गरीएको र त्यसबेला मानिसहरुमा जलविन्दु र मोतिविन्दुका कारण ०।८४ प्रतिशत अन्धोपन रहेको डाक्टर थकालीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*