बलको नेतृत्वमा सय भन्दा बढी युवा एकीकृत समाजवादी मकवानपुरमा प्रवेश

छहारी संवाददाता
फाल्गुन २९, २०८०

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी मकवानपुरमा सयजना भन्दा बढी युवा प्रवेश गरेका छन् ।

विगतमा नेकपा एमाले, माओवादी केन्द्र लगायत विभिन्न राजनीतिक दलमा रही आफ्नो भूमिका निर्वाह गरिरहेका युवाहरु मंगलबार पार्टी प्रवेश गरेको एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालले जानकारी दिनुभयो । विगतमा एमालेको अभियानमा साथ दिँदै आएका मकवानपुर मनहरी ३ का युवा रोशन बलको नेतृत्वमा युवाहरुको ठूलो समूह समाजवादीमा आबद्ध भएको हो ।

हेटौंडामा आयोजित एक विशेष समारोहमा प्रतिक्रिया दिँदै रोशन बलले देश र जनताको भविष्य निर्माण अब एकीकृत समाजवादीले मात्रै सम्भव हुने बुझेर आफू नेतृत्वमा संयौं युवा प्रवेश गरेको बताउनुभयो ।

पार्टीमा प्रवेश गरेका युवाहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले टिका र खादा लगाउँदै स्वागत गर्नुभएको थियो ।

युवाहरुलाई स्वागत गर्दै उहाँले पार्टीलाई बलियो बनाएर एक पटक मुलुकको शासन गर्ने तयारीमा लाग्नुपर्ने बताउनुभयो । विगतमा पनि थोरै सङ्ख्यामा सुरु भएको कम्युनिष्ट पार्टी पछि ठूलो हुँदै देश हाँकेको उदाहरण थुप्रै रहेको भन्दै खतिवडाले नीति, नेतृत्व अनि व्यवहार ठीक भएको खण्डमा सफलता मिल्ने बताउनुभयो ।

कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य घनप्रसाद गौतम, केन्द्रिय सदस्य, संविधानसभा सदस्य राजाराम स्याङतान, जिल्ला उपसचिव किशोर टण्डन, कार्यालय सचिव तिलक अधिकारी प्रचार विभाग प्रमुख रामकुमार एलन, जिल्ला कमिटि सचिवालय सदस्य गणेश कठायत, किशोर बर्तौला लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*