तत्काल आफुहरुले सरकार गठनको पहल थाल्दा हतार हुन्छः कांग्रेस संसदीय दल बागमती प्रदेश
बागमती प्रदेशमा नेपाली कांग्रेसले तत्काल आफ्नो नेतृत्वमा सरकार गठनको पहल नगर्ने देखिएको छ ।
मंगलबार कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय सावर्जनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा दलका उपनेता रामकृष्ण चित्रकारले नयाँ सरकार गठनको लागि कांग्रेसले अहिलेसम्म कुनै छलफल नगरेको बताउनुभयो । उहाँले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले राजीनामा नदिएको र विश्वासको मत लिने तयारी गरिरहेको अवस्थामा कांग्रेसले सरकार बनाउने तयारी गर्दा हतारो हुने जिकिर गर्नुभयो ।
कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न हाम्रो नेपाली पार्टीलाई २ वटा मन्त्रालयको प्रस्ताव गरेको भन्ने समाचारमा कुनै सत्यता नभएको समेत उपनेता चित्रकारले स्पष्ट पार्नुभयो । नेपाली कांग्रेसले प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न र संवैधानिक निकायमा नियुक्त नगर्न समेत आग्रह गरेको छ ।
कांग्रेसले अब सदनमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा प्रभावकारी रुपमा प्रस्तुत हुने र कांग्रेसका मन्त्रीहरुले सरकारबाट दिएको राजीनमा अनुमोदन गर्ने निर्णय गरेको उपनेता चित्रकारले जानकारी दिनुभयो ।