मंगलबार बागमती प्रदेशसभा बस्दै

छहारी संवाददाता
फाल्गुन २९, २०८०

मंगलबार बागमती प्रदेशसभा बस्दैछ । मंगलबारको प्रदेशसभामा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

गत फागुन १० गते बसेको प्रदेशसभाले सत्तापक्ष र प्रतिपक्ष दल बिचको बजेट विनियोजन सम्बन्धको सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्यका र २०८०/०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समिति गठन गरेको थियो ।

११ सदस्यीय सो समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्ष बिचको सहमति लगायतका विषयमा अध्ययन तथा परामर्श गरी प्रदेशसभामा प्रतिवेदन पेस गर्न संसद्ले निर्देशन दिएको थियो ।

दिउँसो ३ बजे बस्ने प्रदेशसभा अघि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । सो बैठकले प्रदेशसभाको अन्य कार्यसूची तयार पार्ने प्रदेशसभा सचिवालय हेटौंडाका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*