मकवानपुरका विभिन्न गाउँहरुमा अझै पनि बालश्रम

विभिन्न कारणले बालबालिकाहरु श्रममा लाग्नुपर्ने बाध्यताः सरोकारवाला
छहारी संवाददाता
फाल्गुन २८, २०८०

मकवानपुरका विभिन्न गाउँहरुमा अझै पनि बालश्रम भइरहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

सोमबार गैसस महासंघ मकवानपुर र आसमान नेपालको संयुक्त आयोजनामा भएको श्रमिक बालबालिकाको सहभागिता तथा बालश्रम न्यूनीकरण सम्बन्धि छलफल कार्यक्रममा सहभागीहरुले विभिन्न कारणले बालबालिकाहरु श्रममा लाग्नुपर्ने बाध्यता कायमै रहेकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।

मकवानपुरको मनहरीमा ट्याक्टर चलाउने, गिट्टी कुट्ने, होटलमा काम गर्न जाने र मकवानपुरगढी, बागमती, इन्द्रसरोवर, कैलाश लगायतका क्षेत्रबाट बालबालिकाहरु गलैचा फ्याक्ट्रीमा काम गर्न गएको भेटिएको बालबालिकाको क्षेत्रमा काम गरिरहेका सरोकारवाला संस्थाका प्रतिनिधिको भनाई छ । यस्तै मकवानपुरको विभिन्न स्थानमा रहेका वर्कसपमा भारतीय बालक श्रममा रहेको उहाँहरुको भनाई छ ।

छलफलमा सहभागि शिक्षक, पत्रकार, श्रमजिवी, विद्यार्थी एवं अभिभावकले श्रममा लागेका बालबालिकाको दिगो पुर्नःस्थापना गर्न चुनौति रहेको भन्दै बाल श्रम न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा गैसस महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटा, सिविन नेपालका प्रमुख झविन्द्र ज्ञवाली, मामाघर नेपालका प्रमुख अर्पण पराजुली, आसमा नेपालका कार्यक्रम संयोजक दिपेन्द्र तिवारी, आसमा नेपालका रक्की प्रसाद साह, गैसस मकवानपुरका सचिव सन्तोष पौडेल, सह–सचिव गोकर्ण तिवारी, सदस्य नवराज शर्मा लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*