नेपाल व्यवस्थापन संघ बागमती प्रदेश च्याप्टर कार्यालय स्थापना
हेटौंडामा नेपाल व्यवस्थापन संघ बागमती प्रदेश च्याप्टर कार्यालय स्थापना भएको छ । शनिबार एक कार्यक्रममा बीच बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले संघको प्रादेशिक कार्यालय उद्घाटन गनुृभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले व्यवस्थापकीय सीपको अभावले शिक्षित मानिसले समेत सोचेअनुरुप कार्य गर्न नसक्ने बताउनुभयो । कार्यान्यवयको पाटो कमजोर हुँदा विज्ञताले पनि केही गर्न नसक्ने उहाँले विज्ञसंगको सल्लाहमा अगाडी बढे लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।
म्यानको चौथो प्रादेशिक कार्यालयको रुपमा हेटौंडामा कार्यालय स्थापना गरिएको हो । संघको बागमती प्रदेश तदर्थ समिति समेत गठन भएको छ ।
शुदर्सन प्रसाद अधिकारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समिति उपाध्यक्षमा विजयकुमार वैद्य, सचिवमा तुलसी रिजाल, कोषाध्यक्षमा नूररानी ढुङ्गेल प्याकुरेल रहेका छन् ।
समिति सदस्यहरुमा विनोद शाह, प्रद्युम्न उपाध्याय, साग्रीला श्रेष्ठ, दिपक पराजुली, र रवी अग्रवाल चयन भएका छन् । नवगठित समितिलाई केन्द्रिय अध्यक्ष मोहनराज ओझाले सपथ गराउनुभयो । ४३ वर्ष अघि गठन भएको यस संघमा विभिन्न क्षेत्रमा व्यवस्थापकीय, प्रशासकीय अनुभव सँगालेका व्यक्तित्व हरु आबद्ध रहेका छन् ।
संघले बजेट तथा कार्यक्रम, प्रि–बजेट लगायतका विषयमा विज्ञको भूमिकाको रुपमा रहेर सरकारलाई सहयोग गर्ने गर्दछ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, बागमती प्रदेश उद्योग परिसघंका उपाध्यक्ष स्वागतराज प्याकुरेल लगायतको आतिथ्यता थियो ।