हेटौंडा उपमहानगरकी मेयर लामा सम्मानित

छहारी संवाददाता
फाल्गुन २४, २०८०

१ १४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानले महिला हिंसा तथा चेलिबेटी बेचबिखनविरुद्ध योगदान पु¥याएको भन्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामालाई सम्मान गरेको छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित नारी सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख लामालाई पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्मान गर्नुभएको हो । उदाहरणीय नेतृत्व, समाज र समुदायप्रति समर्पणको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो । मेयर लामाले समुदायको उन्नतिका लागि अथक् परिश्रम गर्ने र आफुले ग्रहण गरेको पुरस्कार सबै महिलाहरुलाई समर्पित गरेको बताउनुभयो ।

उक्त सम्मान समुदाय र देशका लागि महत्वपूर्ण योगदान पुर्याउने महिलालाई दिइने राष्ट्रिय पुरस्कार हो । चन्द्रलोक प्रतिष्ठानद्वारा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभ अवसरमा आयोजित नारी सम्मान कार्यक्रम प्रतिष्ठान अध्यक्ष सीताराम कार्कीको सभाध्यक्षतामा भएको हो ।

चन्द्रलोक प्रतिष्ठान कला संस्कृति जगेर्ना गर्ने चेतनामूलक वृत्तचित्र बनाउने, प्राकृतिक प्रकोपमा सक्रियतासाथ लाग्ने सामाजिक संस्था रहेको जानकारी संस्था अध्यक्ष कार्कीले बताउनुभयो । कार्यक्रममा उपसभामुख इन्दिरा राना र जयन्तीदेवी राईलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउने ३० महिलाहरुलाई सम्मानित गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*