मकवानपुरे १०१ (एक से एक) सहकारी अभियन्ता नामक पुस्तक विमोचन

छहारी संवाददाता
फाल्गुन २५, २०८०

सहकारी संस्थाहरुमा आबद्ध महिलाको भोगाई समेटिएको मकवानपुरे १०१ (एक से एक) सहकारी अभियन्ता नामक पुस्तक विमोचन गरिएको छ । शुक्रबार अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले पुस्तक प्रकाशन गरेको हो ।

पुस्तक विमोचन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले सहकारीले महिलाको जीवन परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । सहकारीमा आबद्ध भएर महिलाले सीप चेतनास्तर तथा आर्थिक क्षेत्रमा समेत अगाडी बढ्न सकेको उहाँको भनाई छ ।

महिलालाई अत्मनिर्भर बनाउन सहकारीले खेलेको भूमिकाको मेयर लामाले प्रशंसा व्यक्त गनुृभयो । पछिल्लो समय बचतकर्ताको विश्वास गुमाउँदै गईरहेको सन्दर्भलाई जोड्दै मेयर लामाले सदस्यहरूको विश्वासलाई कायम राख्ने गरी कार्य गर्न सहकारी संस्थाहलाई आग्रह गर्नुुभयो । हेटौंडा उपमहानगरभित्र रहेका ६ वटा सहकारी संस्थालाई कार्वाहीको तयारी गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा प्रकाशित पुस्तकमा सहकारी अध्यक्ष, व्यवस्थापक र सहकारीकर्मी गरी ५० जनाको भोगाई तथा संघर्षलाई आत्मवृतान्त मार्फत समेटिएको छ । पुस्तकमाथि मकवानपुर बहुमुखी क्याम्पस समाजशास्त्र विभाग प्रमुख रामेश्वर बडाल र आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाले विवेचना गर्नुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका अध्यक्ष नारायण प्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासंघका सल्लाहकार बद्री प्रसाद लम्साल लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*