बागमती प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरु बाहिरीए

मन्त्रीहरुको सामुहिक राजीनामा, सरकारलाई दिएको समर्थन फिर्ता
छहारी संवाददाता
फाल्गुन २३, २०८०

नेपाली कांग्रेसबाट बागमती प्रदेश सरकारमा रहेका मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् ।

बुधबार कांग्रेस संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामासहितका ६ मन्त्रीले मुख्यमन्त्री जम्कट्टेललाई सामुहिक राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउँदै संसदीय दलका नेता लामाले आफ्नो पार्टी लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकोले मार्ग प्रशस्त गर्न राजिनामा दिएको बताउनुभयो । उहाँले कांग्रेस जहिलेपनि विधी र पद्धतीमा हिड्ने भन्दै गठबन्धन नै भत्किएपछि प्रदेश सरकारमा बसिरहनु उचित नहुने बताउनुभयो ।

उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले मुख्यमन्त्रीलाई राजिनामा पत्र पढेर सुनाउँदै कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको जानकारी गराउनुभयो ।

बागमती प्रदेशमा कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री लामासहित उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, उर्जा खानेपानी तथा सिंचाईमन्त्री तिर्थबहादुर लामा, र संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरण मन्त्री मसिना खड्का रहनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*