हेटौंडाका एक संस्थागत र दुई सामाुदायिक विद्यालयल बालमैत्री घोषणा
हेटौंडामा एकै दिन तीन विद्यालय बालमैत्री घोषणा भएका छन् । एउटा संस्थागत र दुईवटा सामाुदायिक विद्यालयल मंगलबार बालमैत्री विद्यालयल घोषणा भएका हुन् ।
मंगलबार आ–आफ्नै विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक विद्यालय तर्फ हेटौडा ८ कमानेमा रहेको चन्द्रोदय मावि र हेटौंडा १६ मा रहेको जनप्रिय प्राविधिक मावि तथा संस्थागत तर्फ हेटौंडा २ मा रहेको बालजागृति इङ्गलिस सेकेन्डरी स्कुल बालमैत्री घोषणा भएका हुन् ।
तीन वटै कार्यक्रममा विद्यालयलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाले बालमैत्री विद्यालय घोषणा गर्नु भएको हो ।
तीन वटै विद्यालयले उपमहानगरपालिकाले तोकेको ११ वटा सूचक अन्तरगतका २६ वटै कार्य सम्पन्न गरेकोले बालमैत्री विद्यालय घोषणा गरिएको हो । उपमहानगरपालिका, स्थानिय सरकार र राष्ट्रिय सहजकर्ताको विभिन्न समयको अनुगमन पश्चात यी विद्यालयहरु बालमैत्री घोषणाको चरणमा पुगेका हुन् ।
चन्द्रोदय माविले नगर शिक्षा विकास महाशाखाबाट फागुन २ गते नै बालमैत्री विद्यालय घोषणा मापदण्ड पूरा भएको प्रमाणपत्र प्राप्त गरेको भएपनि विद्यालयको स्थापना दिवसको दिन पारेर बालमैत्री विद्यालय घोषणाको गरिएको हो । विद्यालयले २०७९ असार ३ गतेदेखि बालमैत्री विद्यालय बनाउन बालमैत्री सूचकहरुलाई कार्यान्वयनमा ल्याएको थियो ।
यस्तै, हेटौंडा १६ मा रहेको जनप्रिय प्राविधिक मावि पनि २२ गते बालमैत्री विद्यालय घोषणा भएको छ । विद्यालयले गत आर्थिक वर्षको फागुन ६ गते बाल क्लब गठनसंगै विद्यालयलाई बालमैत्री बनाउने अभियानको थालनी गरेको हो ।
यस्तै मंगलबारनै संस्थागत विद्यालय तर्फ हेटौंडा २ मा रहेको बालजागृति इङ्गलिस सेकेन्डरी स्कुल बालमैत्री घोषणा भएको छ । मंगलबार बिान र्याली सहित नगर परिक्रमा गरी विद्यालय परिसरमा भव्य कार्यक्रमका बीच बालमैत्री विद्यालय घोषणा गरिएको हो । हेटौंडा उपमहानगरपालिकामा ४७ वटा संस्थागत र ७३ वटा सामुदायिक विद्यालय छन् ।