पिकअप भ्यानको ठक्करबाट मनहरीका अधिकारीको मृत्यु

छहारी संवाददाता
फाल्गुन १९, २०८०

मकवानपुरको मनहरीमा पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

शनिबार बिहान पौने ७ बजे मनहरी गाउँपालिका–९ ज्यामिरेमा पुर्व पश्चिम सडकखण्डमा पिकअप भ्यानको ठक्करबाट स्थानिय ५० वर्षका सिताराम अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेटौँडाबाट वुटवल जादै गरेको लु २ च ७३२७ नम्बरको पिकअपको ठक्करबाट घाइते भएका अधिकारीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

चालक नवलपरासी वर्दघाट नगरपालिका १२ चौपट्टा वस्ने वर्ष २० वर्षका मनोज भुसाललाई पिकअपसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरीमा राखिएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*