हेटौंडोको बालजागृति इङ्गलिस सेकेन्डरी स्कुल बालमैत्री घोषणा हुँदै
हेटौंडा २ मा रहेको बालजागृति इङ्गलिस सेकेन्डरी स्कुल बालमैत्री विद्यालय घोषणा हुँदैछ ।
विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी यहि फागुन २२ गते बृहत कार्यक्रमका बीच विद्यालयलाई बालमैत्री घोषणा गर्न लागिएको जाकारी दिएको हो ।
पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल विनोद सुवेदील हेटौंडा उपमहानगरपालिकाले तोकेको २६ वटै सुचक पार गरेकोले बालमैत्री विद्यालय घोषणाको तयारीमा रहेको बताउनुभयो ।
घोषणाको दिन २२ गते बाल विशेषज्ञको साथमा स्वास्थ्य परिक्षण, विभिन्न झाँकी पञ्चेबाजासहित प्रभातफेरी पश्चात औपचारिक कार्यक्रम गरी विद्यालयलाई बालमैत्री घोषणा गर्ने कार्यतालिका रहेको सुवेदीले बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगपालिकाकी मेयर मिना लामाको प्रमुख आतिथ्यता रहनेछ भने अभिभावक, विद्यार्थी, वडाभित्र रहेका २१ वटा टोलविकास समितिका प्रतिनिधि, अन्य विद्यालयका प्रधानाध्यापक सहित शिक्षकहरुको सहभागिता रहनेछ ।
बालजागृति इङ्गलिस सेकेन्डरी स्कुलमा हाल नर्सरी देखी कक्षा १० सम्म पन्ध सय ३४ विद्यार्थी अध्ययनरत छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश प्रसाद भण्डारीको अध्यक्षता तथा वडा नम्बर २ का कार्यवहाक अध्यक्ष सुरज बर्तौलाको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गरिएको थियो ।
कार्यक्रममा वडा सदस्यद्धय मैया परियार र इन्द्रप्रसाद रिजाल, विद्यालयका प्रिन्सिपल विनोद सुवेदी, वडाका बाल सहजकर्ता राहुल शर्मा, बालजागृति बाल समूहका अध्यक्ष कृशाङ्गी अर्यालको आतिथ्यता रहेको थियो ।