हेटौंडा १५ ले “अन्तर वडा स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता गर्ने

छहारी संवाददाता
फाल्गुन १८, २०८०

हेटौंडा वडा नम्बर–१५ ले “अन्तर वडा स्तरीय १५ नम्बर वडा अध्यक्ष कप फुटबल प्रतियोगिता गर्ने भएको छ ।

शुक्रबार वडा कार्यालयमा पत्रकार सम्मेलन गरी वडा अध्यक्ष सुनिल मोक्तानले आगामी चैत्र ९ गते देखि २२ गतेसम्म हेटौंडाको गौरीटार रगंशालामा प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो । हेटौंडा खेलकुद विकास समितिको आयोजना तथा हेटौंडा १५ नम्बर वडाको प्रायोजनमा हुने प्रतियोगितामा उपमहानगर भित्रका १९ वटै वडाले समुह बनाई सहभागिता जनाउन सक्ने छन् ।

वडास्तर बाटै खेलाडी उत्पादन गरी वडालाई राष्ट्रिय तथा अन्तराष्टिय स्तरमा चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष मोक्तानले बताउनुभयो । उहाँले टोलटोलबाट खेलाडी उत्पादन गरी नेपाललाई खेलको माध्यमबाट विश्वमा चिनाउन सकिने बताउनुभयो ।

वडा स्तरिय खेलकुद विकास समिति हेटौंडा १५ का अध्यक्ष गोविन्द नेगिका अनुसार सोनाम ल्होछार २८६० औं डुक ल्हो९नयाँ वर्ष० को अवसरमा प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैँया तथा उपविजेता टिमले नगद ५० हजार रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै विधागत तर्फ उत्कृष्ट फर्वाड, मिड फिल्डर, गोल किपर, डिफेन्डर र सर्वोत्कृष्ट खेलाडीलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*