नीजि जग्गा मिचेर वडाले बाटो निर्माण गरेको भन्दै स्थानीयद्धारा न्यायको माग

छहारी संवाददाता
फाल्गुन १८, २०८०

काठमाडौं / कीर्तिपुर नगरपालिका वडा ५ का एक स्थानीयको नीजि जमिन मिचेर वडाले बाटो बनाएपछि न्यायको माग गर्दै अदालत पुगेका छन् ।

वडा कार्यालयमै छलफलगरि टुङगिनु पर्नेमा विषय भएपनि वडा अध्यक्षले घटनालाई प्राथमिकता नदिदा स्थानीय विदुर महर्जन अदालत पुगेका हुन । करिब एक वर्षदेखि सो घटनाका विषयमा वडा कार्यालय, नगरपालिका तथा सम्बन्धीत निकायमा धाउदा पनि आफुले न्याय नपाएपछि अन्ततःअदालतको ढोकामा पुगेको उनले दुखेसो पोखे ।

वडा कार्यालयले कीर्तिपुरको राराहिल—जाखा सडक स्तरउन्नतीकालागि १४ फिट बाटो निर्माण गरेको थियो । सो बाटो गोरेटो भएपनि दुबै साइटबाट बराबर फराकिलो बनाउनु पर्नेमा स्थानीय विदुर महर्जनको नीजि जमिनलाई प्रभाव पर्नेगरि बडाले सडक निर्माण गरेको पीडितको आरोप छ ।

वडाले नक्साको आधारमा १४ फिट बाटो निर्माणगरि फराकिलो बनाउदै ग्राविल गरेको थियो । पीडित महर्जनले वडाको निर्णय चित्त नबुझेको भन्दै वडा कार्यालय, नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएका थिए ।
निवेदनमाथि न्याय नभएको भन्दै पीडित महर्जन जिल्ला अदालत काठमाडौं पुगेका हुन् ।

सामान्य बाटो निर्माण गर्दा स्थानीयको सहमति जुटाउनु पर्ने, दुबै पक्षलाई संगै राखेर बराबर कटान गर्नुपर्नेमा एकलौटि निर्णय भएको भन्दै पीडित महर्जनले अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दा अहिले जिल्ला अदालतमा काठमाडौंमा विचाराधिन रहेको छ ।

यहि बुधबार महर्जनले जिल्ला अदालतको आदेशमा पुनःजग्गाको नक्साङ गरेका छन् । सरकारी प्राविधिकहरुले जग्गाको पुनःनक्साङक गरेको पीडित महर्जनले बताए । स्थानीय भोला महर्जनले भने ‘स्थानीयलाई बाटो चाहिन्छ तर, विकासको नाममा एउटैलाई मात्रै मर्का पार्नु हुदैन’ ।
उनले भने, ‘वडाले संमन्वय गरिदिएको भए घटना अदालत सम्म पुग्ने थिएन’ ।

अदालतको फैसला जे जस्तो आएपनि मिलेर जानुको विकल्प नभएको उनको भनाई छ । पीडित महर्जनले बाटो निर्माणमा आफ्नो अवरोध नभएको तर बराबर हिस्सा हुनुपर्ने बताउछन् । उनले भने, ‘विकासको विरोधी म होइन,स्थानीय सरकारका प्रतिनिधिले मिलाउन नखोजेपछि अदालत जानुपर्ने बाध्यता भएको हो’ ।
उनले भने, ‘कि.नं. ६९४ को क्षेत्रफल ०–१०–२ जग्गाबाट साबिकको देखि चलन चल्तीमा रहेको गोरेटो बाटोलाई फराकिलो बनाउने भन्दै नीजि जग्गालाई मास्न मिल्छ’ ? उनले एकतर्फ बाटो बनाउदा साविकको भन्दा दुई आना बढी जग्गा आफ्नो मात्रै काटिएको बताए । यता वडा अध्यक्ष राजेन्द्र कुमार महर्जनले वडा कार्यालयले नक्सा अनुसार नै काम गरेको बताउछन् ।

२०४७ सालबाटै यस क्षेत्रमा १४ फिट बाटो भएकाले सोहि अनुरुप काम गरेको उनको भनाई छ । उनले भने, ‘स्थानीय सरकारले न्याय अनुसार काम गरेको छ, यहाँको जग्गामा कुनै असर परेको छैन, नक्सामा जस्तो छ, त्यसलाई मिलाएको हो । वडाको विकासमा कसैले रोक्न मिल्दैन’ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*