नेपाललाइ हराउँदै वाफ महिला च्याम्पियनसिपको उपाधी जोर्डनले जित्यो

छहारी संवाददाता
फाल्गुन १८, २०८०

वाफ महिला च्याम्पियनसिपको उपाधी जोर्डनले जितेपछि नेपाल उपविजेता बनेको छ ।

साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा गएराति भएको फाइनलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराउँदै जोर्डनले उपाधी जितेको हो । यो जितसंगै जोर्डन छैटौँ पटकको उपाधि विजेता बनेको छ ।

नेपालका लागि खेलको पहिलो हाफको २९ औं मिनेटमा सविता राना मगरले १ गोल गरेकी थिइन् । जोर्डनको जितका लागि खेलको ७४ औं मिनेटमा जोर्डनकी लाना फेरासले पहिलो गोल गरिन् र खेल १–१ गोलको बराबरीमा पुग्यो । खेलको ८९औँ मिनेटमा साराह अबु साबाहले गोल गर्दै जोर्डनलाई दोस्रो गोलको उपहार दिइन् ।

खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा पेनाल्टीमा नेपालकी गीता रानाले गोल गरी खेल २–२ को बराबरीमा पुर्याएपछि खेल पेनाल्टीमा गएको थियो । फिफा वरियतामा नेपाल एक सय पाँचौं स्थानमा छ भने जोर्डन ७४ औं स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*