दूधको भुक्तानी नपाएको भन्दै देशभरका किसान आन्दोलीत

हेटौंडामा नाराजुलुस सहित विरोध प्रदर्शन तथा प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय घेराउ
छहारी संवाददाता
फाल्गुन १७, २०८०

लामो समयदेखि दूधको भुक्तानी नपाएको भन्दै देशभरका किसान आन्दोलीत भएका छन् ।

बिहिबार केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको आह्वानमा देशभरी जस्तै बागमती प्रदेशको राजधानी हेटौंडामा पनि किसानहरुले नाराजुलुस सहित विरोध प्रदर्शन तथा प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय घेराउ गरे ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड मकवानपुरको आयोजनामा भएको विरोध कार्यक्रममा सहभागी किसानहरुले आफुहरुका मागमा राज्य उदासिन भएको गुनासो गरे । उनिहरुले पाँच, छ महिनादेखि दुधको भुक्तानी नपाएको भन्दै पटक पटक ध्यानाकर्षण गराउँदापनि सुनुवाइ नभएपछि बाध्य भएर सडक आन्दोलनमा उत्रिएको बताए ।

विरोध कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेलले मकवानपुरमा मात्रै करीब ६० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बताउनुभयो ।

केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका केन्द्रीय सदस्य विदुर हुमगाईले सांकेतिक आन्दोलनमा ठुलो जनलहर देख्दा सत्तामा बस्नेलाई केही संकेत त पक्कै भयो होला भन्दै कटाक्ष गर्नुभयो । संघले लामो समय प्रतिक्षा गरेको तर सरकारले मागप्रति वेवास्ता गरिरहेको बताउनुभयो । उहाँले सरकारलाई नालायकको संज्ञा दिँदै अब किसानले सरकारको भर परेर चुप नबस्ने चेतावनी दिनुभयो ।

विदुर हुमगाई, सदस्य, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ लिमिटेड । 

यस्तै राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य बद्रि लम्सालले खेतबारीमा खनजोत गरीरहेको हुनुपर्ने किसानहरु बाध्यताबस सडकमा उत्रिनु परेको गुनासो गर्नुभयो । उहाँले पसिना बगाउने किसानलाई परिस्थितीले रगत बगाउनपर्ने अवश्थामा पुर्याएको जिकिर गर्नुभयो । उहाँले विदेशिसंग साँठगाँठ गरी सरकारले किसानलाइ परनिर्भरता तर्फ धकेलिरहेको आरोप लगाउनुभयो ।

बद्रि लम्साल, केन्द्रीय सदस्य, राष्ट्रिय सहकारी महासंघ । 

केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले फागुन २१ गतेदेखि राजधानि केन्द्रित आन्दोलनको घोषण गरेको छ । किसानको भुक्तानीदेखि अनुदानसम्मका सम्पुर्ण समस्या समाधान नभएसम्म पछि नहट्ने भन्दै संघले सबै दुग्ध सहकारी संघ तथा किसानहरुलाई ऐक्यवद्धताको लागि आह्वान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*