भीमफेदीबाट ५० किलो लागुऔषध सहित ३ जना पक्राउ
भीमफेदी गाउँपालिका–२ भैंसेबाट ४५ किलो ६० ग्राम अवैध लागूऔषध चरेससहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा थाहा नगरपालिका–८ आग्रा बस्ने ३० वर्षका बिमल स्याङतान र भीमफेदी गाउँपालिका–१ किटनी बस्ने ३२ वर्षका नवराज तामाङ रहेका छन् ।
प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडा आउँदै गरेको ना.४ ख ६०९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै सोही बसबाट ५ किलो १०० ग्राम लागूऔषध गाँजासहित १ जना पक्राउ परेका छन् । प्रहरीले कैलाश गाउँपालिका–१ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्र बहादुर घलानलाई पक्राउ गरेको हो । उनिहरुलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ८ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।