जनप्रतिनीधिको निधनमा बकैयामा शोक विदा
मकवानपुरको बकैया गाउँपालिकाले आफ्ना जनप्रतिनीधिको निधनमा एक दिन शोक विदा दिने निर्णय गरेको छ ।
बकैया ७ का वडा सदस्य रामकुमार तितुङको बुधबार भएको असहमाहिक निधनमा गाउँपालिकाले बिहिबार एक दिन शोक विदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी सूचनामा गाउँपालिकाका सम्पुर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरुमा बिहीबार शोक विदा दिइएको उललेख छ ।
बिजुलीको पोलले किचेर तितुङको निधन
बकैया गाउँपालिकामा बिजुलीको पोलले किचेर वडा सदस्य रामकुमार तितुङको निधन भएको छ । बकैया ७ का वडा सदस्य तितुङको बिजुली बिस्तारका लागि गाडिएको पोल ढलेर किच्दा निधन भएको हो ।
मंगलबार दिउँसो बिजुलीको पोल ढलेर किच्दा टाउकोमा चोट लागी गम्भिर घाइते भएका तितुङको हेटौंडामा उपचार हुन नसकेपछि भरतपुर लगिएको थियो । उहाँको उपचारको क्रममा बुधबार बिहान भरतपुर स्थित चितवन मेडिकल कलेजमा निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।