सुरक्षाका लागि बकैया गाउँपालिका १२ मा सिसिटिभी जडान

छहारी संवाददाता
फाल्गुन १५, २०८०

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ मा सिसिटिभी जडान गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीको पहलमा मंगलबार ३ थान सिसिटिभी जडान गरिएको कान्ति माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रुपेन घलेले जानकारी दिनुभयो । अध्यक्ष घलेले अनुसार ४ लाख रुपैयाँ लागतमा सिसिटिभी जडान गरिएको हो ।

कान्तिलोकपथमा बढ्दो सवारी दुर्घटना र अपराध नियन्त्रण गर्न र विद्यार्थीको सुरक्षामा निगरानी बढाउनको लागि सिसिटिभी जडान गरिएको पालिका उपाध्यक्ष खत्रीले बताउनुभयो । उहाँले जोखिम न्युनिकरण गर्न तथा विद्यार्थीको आवतजावतमा उक्त निगरानीले सुरक्षा प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रममा उक्त वडाका अध्यक्ष ज्ञानेन्द्र बजगाई, बकैया योजना शाखाका प्रमुख मिलन दुलाल, वडा सचिब लक्ष्मणप्रसाद घिमिरे लगाएतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*