मकवानपुरको बकैयामा मंगलबार सार्वजनिक विदा

छहारी संवाददाता
फाल्गुन १४, २०८०

मकवानपुरको बकैया गाउँपालिकामा मंगलबार सार्वजनिक विदा दिइएको छ ।

लदी पर्वका अवसरमा बकैया गाउँपालिकाले सार्वजनिक विदा दिएको हो । सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले एक सुचना जारी गर्दै फागुन १५ गते लदी पर्वको अवसरमा सार्वजनिक विदा दिएको जानकारी गराउनु भएको हो ।

माझी समुदायको मुख्य पर्व लदी पर्व भएकाले पालिकाको बैठकले विदा दिने निर्णय गरेको थियो । बकैया गाउँपालिकामा माझी समुदायको बसोबास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*