न्यायपालिका आम नागरिकको आस्थाको केन्द्र बन्नु पर्छः प्रधानन्यायधिश श्रेष्ठ
प्रधानन्यायधिश बिश्वम्भर प्रसाद श्रेष्ठले न्यायपालिका आम नागरिकको आस्थाको केन्द्र र न्यायका लागि सहज पहुँच बन्नु पर्ने बताउनुभएको छ ।
सोमबार मकवानपुर जिल्ला अदालको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अदालत प्रतिको आस्था र विश्वास कायम राख्नुुपर्ने बताउनुभयो । उहाँले नवनिर्मित भवनबाट हुने न्याय सम्पादन र सेवा प्रवाहमा थप प्रभावकारीता आउने र सेवाग्राहीहरुको सुविधामा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
ठुला सानागरी ७१ वटा कोठा रहेको हेटौंडा–२ मा नवनिर्मित भवनको प्रधानन्यायधिश श्रेष्ठले उद्घाटन् गर्नुभएको हो । सुविधासम्पन्न पाँच तल्ले भवनमा भुमिगत पार्किङसहित अपाङ्गमैत्री सुविधा रहेको छ ।
भवनमा कर्मचारी तथा सेवाग्राहीको लागि दुइवटा लिफ्टको व्यवस्थापन गरिएको छ । १० कठ्ठा क्षेत्रफलमा निर्मित भवनमा ४८ वटा सिसिटिभी, प्रहरी विट, पाँचवटा अपाङ्गमैत्री शौचालय समेत रहेका छन् । भवनमा पुस्ताकलय, कानुन ब्यबसायी प्रतीक्षा कक्ष, सुपरिवेक्षण कक्ष, सभाहल, सूचना कक्ष, मेलमिलाप कक्ष, पोषण कक्ष लगाएको सुविधा रहेको छ ।
२७ करोड ८९ लाख १४ हजार १ सय ६७ रुपैयाँमा बोलपत्र भएको भवनलाइ काठमाडौको कविन्द्र नव सिर्जनशिल स्लेट जेभिले १८ करोड १२ लाख ३३ हजार ३६ रुपैयाँमा ठेक्का प्राप्त गरेको थियो । तर मुल्य वृद्धि र भेरिएसन आदेश सहित भवन निर्माण २३ करोड ७७ लाख ४ हजार २ सय ४८ रुपैयाँमा सम्पन्न भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।