मगर संघ मकवानपुरले स्थापना दिवसमा सांस्कृतिक कार्यक्रम गर्ने
नेपाल मगर संघ मकवानपुरले २४ औं स्थापना दिवसको अवसरमा फागुन १५ गते विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि नेपाल मगर संघले कार्यक्रमबारे जानकारी दिएको हो । फागुन १५ गते हेटौंडाको बुद्ध चोकबाट मगर सँस्कृति झल्किने विविध झाँकीसहितको र्याली सुरु गरि हेटौंडा ४ स्थित हुप्रचौरमा साँस्कृतिक कार्यक्रम सम्पन्न हुने नेपाल मगर संघ मकवानपुरका अध्यक्ष सन्देश तुम्सिङ मगरले जानकारी दिनुभयो ।
मुख्यमन्त्री शालिकराम जमकटेलको प्रमुख आतिथ्यता रहने कार्यक्रममा लोक कलाकारहरु अमृता लाङघेली मगर, हेमन्त आले मगर, हास्य कलाकार दिनेश काफ्ले, नृत्यकार शशि पुन मगर लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने अध्यक्ष मगरले बताउनुभयो ।
करिब ५ हजार भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको सो कार्यक्रममा मगर सँस्कृतिका विविध प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ ।