राक्सिराङ्ग ३ का कृषकलाई उन्नत जातका गाई वितरण

छहारी संवाददाता
फाल्गुन १२, २०८०

डेरीको हब बनाउने उदेश्यले राक्सिराङ्ग गाउँपालिकाले किसान उन्नत जातको गाई वितरण गरेको छ।

शुक्रबार एक कार्यक्रमका बीच राक्सिराङ्ग गाउँपालिका ३ का गाइपालक किसानहरुलाई उन्नत जातका १० वटा जर्सी गाई वितरण गरेको हो। उन्नत जातको गाईपालन अनुदान कार्यक्रम अन्तर्गत राक्सिराङ्ग वडा नम्बर ३ का १० जना किसानहरुलाई गाई वितरण गरिएको छ ।

३ नम्बर वडा गाईबस्तु पालन गर्न उपयुक्त स्थान रहेको बताउनु हुँदै गाउँपालिका अध्यक्ष राज कुमार मल्लले दुध लगायत दुधबाट बनेका अन्य सामग्रीहरु बजारीकरण गर्न सजिलो हुने बताउनुभयो।

उन्नत जातका गाईबाट नश्लसुधार गरि सबैलाई जीवन निर्बाह गराउने र बजार व्यबस्थापन दिगो बनाउने उहाँले भन्नुभयो । त्यस्तै थप अन्य प्रोत्साहनहरु समेत रहने बताउनुभयो। किसानको मागलाई ध्यानमा राखी ठाउ अनुसारको पकेट क्षेत्र बनाउदै जाने योजना रहेको छ । मौरी, चिउरी, गाई, बाख्रा, तरकारी लगायतको पटक क्षेत्र बनाउदै लैजाने बताउनुभयो।

वितरण गरिएको गाईको पूर्ण बिमा रहेको छ । कुनै आवश्यक समस्या परेमा पशुपन्छी विकास शाखालाई खबर गर्न भनिएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष राज कुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौला, वडा नम्बर ३ को अध्यक्ष उत्तम वाईबा, सचिब भावना कडेल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*