निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारणसभा हेटौंडामा हुने
निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारणसभा बागमती प्रदेशको राजधानी हेटौंडामा हुने भएको छ ।
संघले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै दुई दिनसम्म चल्ने हेटौंडामा हुने साधारणसभा निर्माण व्यवसायी संघ मकवानपुर शाखाको समन्वय तथा सहआयोजनामा सभा हुन लागेको जानकारी दिएको हो ।
आगामी चैत १६ र १७ गते हुने साधारणसभामा ७७ आटै जिल्ला, सात प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति तथा सल्लाहकारसहित करिब १८ सय निर्माण व्यवसायी सहभागी हुने निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कडेँलले जानकारी दिनुभयो ।
साधारणसभाको तयारी अगाडि बढीसकेको भन्दै अध्यक्ष कडेँलले साधारणसभामा करिब १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो । साधारणसभामा निर्माण सामग्रीका स्टलहरु समेत राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।