युवाको चाहना अनुसारको कार्यक्रम ल्याउनुपर्छः सामाजिक विकास मन्त्री मोक्तान

छहारी संवाददाता
फाल्गुन ११, २०८०

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले नयाँ नयाँ कार्यक्रमहरुमा युवाहरुलाई सहभागी गराउनु पर्ने बताउनु भएको छ ।

हेटौंडामा सुरु भएको “दुई दिने युवामैत्री स्थानीय तह विकास तथा प्रोत्साहन प्रबोधिकरण” कार्यक्रमको उद्घाटन गर्दै उहाँले युवाहरुलाई के आवश्यक्ता छ भन्ने कुरा छलफल गर्नु आवश्यक रहेको बताउनुभयो । मन्त्री मोक्तानले स्थानिय सरकारले युवाको क्षेत्रमा गर्न खोजेको काम र युवाले चाहेको क्षेत्र प्रष्ट हुनुपर्ने भन्दै स्थानीय सरकार र प्रदेश सरकार मिलेर युवाहरुको क्षेत्रमा काम गर्नपर्ने बताउनुभयो ।

बागमती प्रदेश युवा परिषद्को आयोजनामा जारी कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले प्रदेश युवा परिषद्ले युवाहरुको क्षेत्रमा काम गरिरहेको र स्थानीय तहले पनि यसक्षेत्रमा सहकार्य गरेर काम गर्नका लागि आग्रह गर्नुभयो । उहाँले स्थानिय सरकारले आफुसंग भएको स्रोत साधन परिचालन गर्दा युवालाई जोेड्न आग्रह गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका १३ स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागीता रहेको छ । कार्यक्रम शनिबारसम्म चल्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*