प्रचण्डकै नेतृत्वमा नेपालमा समाजवाद स्थापना हुन्छः मुख्यमन्त्री जम्कट्टेल

छहारी संवाददाता
फाल्गुन ११, २०८०

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा नेपालमा समाजवाद स्थापना गर्ने बताउनुभएको छ ।

शुक्रवार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उहाँले माओवादीको क्रान्तिको दिशमात्रै बदलिएको तर क्रान्ति नछोडेको बताउनु भयो । मुख्यमन्त्री जम्कट्टेलले माओवादीको क्रान्ती अझैपनि जारी रहेको बताउनु भयो ।

मुख्यमन्त्री जम्कट्टेलले मजदुर वर्गको पेशागत र राजनीतिक अधिकार प्राप्त भएको व्यवस्था भनेको समाजवाद नै रहेको जिकिर गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*