सुचनाको तीब्रतर विकासले पत्रकारिता क्षेत्रमा परिवर्तन आएको हो: बागमती प्रदेश सभामुख

छहारी संवाददाता
फाल्गुन ७, २०८०

बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले सुचनाको तीब्रतर बिकासले पत्रकारिता क्षेत्रमा परिवर्तन आएको बताउनु भएको छ ।

राष्ट्रिय समाचार समितिको ६३ औं वार्षिकोत्सव तथा सुशासन विकास र सम्बृद्धिका लागि राससको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सभामुख पाठकले २०४६ सालपछि सबैभन्दा बढी विकास सञ्चार क्षेत्रमा भएको बताउनुभयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले गलत सूचनाको बाढी नै आइरहेको उल्लेख गर्नुभयो ।

सभामुख पाठकले सूचना प्रवाह गर्दा सजगता अपनाउन पनि सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । उहाँले राससले पत्रकारितामा नयाँ मानक स्थापना गरेको बताउनुभयो ।

सभामुख पाठकले नयाँ नयाँ प्रबिधीसँग पत्रकारले आफुलाई परिमार्जित गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । अन्य पेशा भन्दा पत्रकारिता चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो ।

सभामुख पाठकले बिकास सम्बृद्धि र सुशासन एक अर्काका परिपुरक रहेको धारणा राख्नुभयो । बिकासको अन्त्य कहिल्यै नहुने उहाँको भनाई थियो ।

रासस प्रमुख सुरेश झाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, बागमती प्रदेश सञ्चार रजिष्टार कार्यालयका सञ्चार रजिस्तार रेवती सापकोता, जिल्ला समन्वय समिति प्रमुख ललित घलान, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाइँ, समाजवादी प्रेस संगठनका महासचिव रामकुमार एलन लगायतले सुशासन विकास र सम्बृद्धिका लागि राससको भुमिका विषयमा आफ्नो धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*