हेटौंडा ९ कर्रामा सुविधा सम्पन्न विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालन
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ कर्रामा सुविधा सम्पन्न विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ ।
तीन युवा व्यवसायीले एक करोड रुपैयाँ भन्दा बढी लगानीमा दुर्गामाता र्चाजिङ स्टेसन सञ्चालनमा ल्याएका हुन् । चार्जिङ सटेसनको हेटौंडा ९ का वडा अध्यक्ष सुकराम केसीले उद्घाटन गर्नुभयो ।
हाललाई एकपटकमा ३ वटासम्म गाडी चार्ज गर्न मिल्ने गरी र्चाजिङ स्टेसन निर्माण गरिएको सञ्चालक उपेन्द्र सापकोटाले जानकारी दिनुभयो । पुर्व पश्चिम लोकमार्ग भएर चल्ने साना ठूला विद्युतीय सवारीसाधन चार्ज गर्न कर्रा स्टेशन उपयुक्त हुने उहाँको भनाइ छ ।
युवा व्यवयी उपेन्द्र सापकोटा, बिप्लप पौडेल र सन्तलाल मिजारको संयुक्त लगानीमा विद्युतीय चार्जिङ स्तेशन सञ्चालनमा आएको हो ।