हेटौंडा वडा नम्बर १५ ले यहि फागुन ७, ८ र ९ गते प्रथम वडा स्तरीय शैक्षिक महोत्सव गर्ने

छहारी संवाददाता
फाल्गुन ३, २०८०

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ ले प्रथम वडा स्तरीय शैक्षिक महोत्सव २०८० गर्ने भएको छ ।

सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर र सुधारको लागि यहि फागुन ७, ८ र ९ गते तीन दिन महोत्सव गर्न लागिएको हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मुक्तानले जानकारी दिनुभयो । वडामा रहेका ८ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालयको प्रत्यक्ष सहभागितामा गरिने महोत्सव शिक्षाको गुणस्तर सुधार र सिकाइ सीप आदानप्रदानको लागि महत्वपूर्ण हुने वडा अध्यक्ष मुक्तानले बताउनुभयो ।

९८ प्रतिशत भन्दा बढी तामाङ समुदाय रहेको १५ नम्बर वडामा शैक्षिक रुपले केहि पछाडी रहेको भन्दै उहााले शैक्षिक महोत्सवले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गर्नुभयो । शिक्षामा सबैको चासो र लगानी बढाउनु पर्ने भन्दै अध्यक्ष मुक्तानले वडामा रहेका संघसंस्था, वनसमिती, टोलविकास संस्था, सहकारी, मठमन्दिर लगायत सबैलाई उपस्थित हुन आग्रह गर्नुभयो ।

विद्यार्थीसहित ३ हजार जनाको उपस्थितीमा मार्च पास गरी कार्यक्रम सुरु गरिने उहाँले जानकारी दिनुभयो । महोत्सवमा विभिन्न शैक्षि प्रदर्शनी तथा २० प्रकारका खेलहरु खेलाइने उहाँले बताउनुभयो ।

हेटौंडा १५ को वनदेवी आधारभुत माध्यमिक विद्यालयमा हुने महोत्सव सम्पन्न गर्न करीब ६ लाख रुपैयाँ वडा बाट बिनियोजन गरिएको छ । फागुन ७ गते सुरु हुने महोत्सवको हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*