छैठौंं बागमती गोल्डकपः न्युरोड टिम एनआरटी सेमिफाइनलमा प्रवेश

छहारी संवाददाता
फाल्गुन ३, २०८०

छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत न्युरोड टिम एनआरटी सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहिबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा सिमराको नव जनजागृती युवा क्लबलाई १–० गोलले हराउँदै एनआरटी सेमिफाइनलमा प्रवेश गरेको हो ।
एनआरटीको जीतमा मोहित गुरुङ्गले निर्णायक गोल गरे । उनले खेलको पहिलो हाफको ३१ औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच गुरुङ्ग घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा पहिलो पटक सहभागि जनाएको एनआरटी पहिलो प्रयासमै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनल प्रवेश गरेको एनआरटीले अब फाइनल प्रवेशका लागि ए डिभिजन क्बल जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा शुक्रबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा हुनेछ । विजयी टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*