छैठौं बागमती गोल्डकप प्रतियोगिताको तयारी अन्तिम चरणमा
छैठौं बागमती गोल्डकप राष्टिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
आइतबार पत्रकार सम्मेलन गरि बागमती गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । आगामि फगुन १ गते उद्घाटन गरीने प्रतियोगितामा सात वटा ए डिभिजन र तिन वटा मोफसल गरी दश टिमको सहभागिता रहने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा जावलाखेल युथ क्लव, बागमती युथ क्लव सर्लाही, मच्छिन्द्र फुटबल क्लब काठमाण्डौँ, नव जन जागृती क्लव सिमरा, एन आर टि फुटबल क्लव काठमाण्डौँ समुह “क” मा रहेका छन् भने त्रिभुवन आर्मि क्लव, हिमालयन शेर्पा क्लव, आयोजक बागमती खेलकुद विकास समिति,
एपिएफ फुटबल क्लव, चर्च ब्वाईज युनाईटेड क्लव समुह “ख” मा छन् ।
दश दिनसम्म चल्ने प्रतियोगिता बागमती गाउँपालिकाको फापरबारी स्थित जनता मावि खेल मैदानमा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उद्घाटन खेलमा राईटलेन एजुकेशन बागमती प्रदेश सर्लाही र मच्छिन्द्र फुटबल क्लब काठमाडौ बिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ५ लाख रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ ।