एपीएफ क्लब, सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपको फाइनलमा प्रवेश

छहारी संवाददाता
माघ २५, २०८०

सशस्त्र प्रहरीको एपीएफ क्लब, छैठौं संस्करणको स्थानिय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–६ मा रहेको गौरीटार रंगशालामा जारी प्रतियोगिताको बिहिबारको खेलमा बागमती युथ क्लब सर्लाहीलाई ४–० गोल अन्तरले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एपीएफको जितका लागि पहिलो गोल जर्सी नम्बर ११ का खेलाडी अनिश महजर्नले पहिलो हाफमा गरेका थिए ।

यस्तै दोस्रो हाफमा जसी नम्बर ७ का खेलाडी प्रदिप लामा र जर्सी नम्बर १२ का सर्जियो सोन्गले १÷१ गोल गरे । एपीएफको जितका लागि चौथो तथा अन्तिम गोल पोडेन ओफेन्नाले गरेका हुन् । अब फाइनलमा सशस्त्र प्रहरीको एपीएफले न्यूरोड टिम एनआरटीसंग प्रतिष्पर्धा गर्नेछ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल माघ २७ गते हुनेछ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक र विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*