हेटौंडामा प्रदेश बायोमेडिकल वर्कसपको उद्घाटन
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले जनताको सेवा प्रवाहमा गुनासो नआउने गरि काम गर्न निर्देशन दिनु भएको छ ।
हेटौंडामा बिहिबार प्रदेश बायोमेडिकल वर्कसपको उद्घाटन गर्दै मन्त्री जोशीले अस्पतालहरुका उपकरणहरु बारम्बार बिग्रिने समस्याका कारण सेवा प्रवाह नभएको नागरिकको गुनासो आउने गरेको भन्दै यसतर्फ सबै जिम्मेवार ढंगले लाग्नु पर्ने बताउनुभयो । मन्त्री जोशीले नागरिकहरुको सहज स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अपस्ताल तथा स्वास्थ्य संस्थाहरु स्तरोन्नती कार्य सरकारले गरिरहेको बताउनु भयो ।
स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र बागमती प्रदेशको करिव १ करोड रुपैयाँ लागतमा प्रदेश बायो मेडिकल वर्कसप स्थापना गरिएको हो । निक साइमन्स ईन्स्टिच्युटको सहकार्यमा स्थापना गरिएको उक्त वर्कसपका लागि हाल एक जना बायो मेडिकल इन्जिनियर र एक जना इलेक्ट्रिकल टेक्निशियन राखेर कामको सुरुवात गरिएको स्वास्थ्य आपूर्ति तथा व्यावस्थापन केन्द्रका प्रमख बसन्त अधिकारीले बताउनु भयो ।
स्वास्थ्य संस्थामा संचालनमा आउन नसकेका उपकरणको मर्मतका लागि थप २ जना बायो मेडिकल टेक्निशियन आवश्यक रहेको उहाँको भनाई छ । अस्पतालमा भएका उपकरण बिग्रीएर सेवा प्रवाह समेत नहुने अवस्था र नयाँ खरिद गर्ने प्रवृत्तिलाई वर्कसप संचालन पश्चात राहत पुग्ने उहाँको भनाई छ । कार्यक्रममा निक साइमन इष्टिच्युटले वर्कसप संचालनको लागि आवश्यक ७१ लाख रुपैयाँ बराबारको क्यालिब्रेसन टुल्स सहयोग हस्तान्तरण गरिएको थियो ।