बागमती प्रदेशका उद्योगमन्त्री चित्रकारद्वारा हेटौंडा कपडा उद्योगको अनुगमन

छहारी संवाददाता
माघ १७, २०८०

बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले हेटौंडा कपडा उद्योगको अनुगमन गर्नु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि छलफल अघि बढाएसंगै बागमती प्रदेशका उद्योगमन्त्री चित्रकारले उद्योगको अनुगमन गर्नु भएको हो ।

बुधबार अनुगमनका लागि पुग्नु भएका मन्त्री चित्रकारले संचारकर्मीहरुसंग कुरा गर्दै प्रधानमन्त्रीले स्वयं हेटौडा कपडा उद्योगलाई राष्ट्रिय मुद्दा बनाउनु भएकोले पुनः संचाललनमा आउनेमा ढुक्क रहेका बताउनुभयो ।

पछिल्लो समय महत्वका साथ छलफल अघि बढाइएको भन्दै उहाँले छिटोभन्दा छिटो संचालनको लागि के गर्न सकिन्छ भन्ने तर्फ मन्त्रालय लागि पर्ने बताउनुभयो । संघीय सरकारको सहयोग विना बन्द अवश्थामा रहेको कपडा उद्योग संचालन सम्भव नरहेको भन्दै उहाँले केन्द्र र प्रदेश सरकार मिलेर अगाडी बढ्ने बताउनुभयो ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिनु भएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर वर्तमानमा बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम नेपाली सेनाले उद्योग पुनः सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो।

निरन्तर घाटामा संचालन भएको हेटौंडा कपडा उद्योग २०५७ माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बन्द गर्ने निर्णय गरेको थियो । हाल सशस्त्र प्रहरीको १४ नम्बर गणका एसपी अनिल कार्कीको कमाण्डमा रहेको प्रहरी टोलीले उद्योग क्षेत्रमा सुरक्षा दिइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*