हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापक विनाडी विरुद्ध कर्मचारी आन्दोलित

छहारी संवाददाता
माघ १७, २०८०

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कर्मचारीहरु हातमा कालो पट्टी बाँधी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन् ।

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विनाडीले आफुहरुलाई अनुचित व्यवहार गरेको भन्दै कर्मचारीहरु बुधबारदेखि हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन् । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कर्मचारी संघ इकाई समितीका अध्यक्ष तेजराज थिङले कार्यलयका प्रमुख विनाडीले कर्मचारीहरुलाई अमानविय व्यवहार गर्ने गरेकोले आन्दोलन गर्न बाध्य भएको बताउनुभयो । उहाँले सबै कर्मचारीहरुलाई आपसमा जुधाउने लगायतका गलत काम प्रमुखबाट भइरहेको बताउनुभयो ।

प्रमुख विनाडीले मानसिक यातना दिने, धम्काउने, वृत्तिविकासमा अवरोध गर्ने, कार्यस्थलमा काम गर्ने वातावरण नदिने, सेवाग्राहीलाई पनि सोहि प्रकारको व्यवहार गर्ने गरेको कर्मचारीहरुको आरोप छ । बारम्बार प्रमुखलाइ व्यवहार सधार्न अनुरोध गर्दा पनि परिवर्तन नभएकोले बाध्य भएर सेवा प्रवाहलाई अवरोध नहुने गरी आन्दोलन सुरु गरेको उनिहरुले बताए ।


कर्मचारीहरुको असन्तुष्टिका विषयमा संचारकर्मीहरुले कुरा गर्दा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विनाडीले यस विषयमा आफुले बुझ्ने बताउनुभयो । उहाँले खासै प्रतिक्रिया दिन चाहनु भएन ।

यता कर्मचारीहरुले भने कार्यालयको काम कारवाहीलाई बाधा नपर्ने गरी साङ्केतिक रुपमा पहिलो चरणको सात दिने शान्तिपूर्ण आन्दोलन सुरु गरेको जनाएका छन् । ७ दिनभित्र आफुहरुको माग सम्बोधन नभए दोश्रो चरणको विरोधको कार्यक्रम अगाडि बढाउने कर्मचारीहरुको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*