अर्थ राजनिती अत्यावश्यक भइसक्योः बागमती प्रदेश सांसद बानियाँ

छहारी संवाददाता
माघ १२, २०८०

बागमती प्रदेश सांसद तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले नेपालको संविधानले महिलाका अधिकार प्रत्याभुत गरेको बताउनुभएको छ ।

शुक्रबार हेटौंडामा आयोजित महिला शसक्तिकरण तथा गरिबी निवारण समूह नेपालको १६ औं साधारणसभा तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले घर चलाउने महिलाले देश चलाउन सक्ने अधिकार संविधानले दिएको बताउनुभयो । महिलाको सहभागीताले घर बलियो बनाएजस्तै समाज र देश बलियो बनाउन सकिन्छ भनेर स्थानिय तह, प्रदेश र केन्द्र सरकारले महिलाहरुका लागि विभिन्न सिप र अवसरहरु दिँदै आएको बताउनुभयो ।

देशमा अहिलेको बेवस्था माथि भ्रम सिर्जना गरिएको भन्दै सांसद बानियाँले त्यस्ता भ्रमबाट मुक्त हुनु पर्ने बताउनुभयो । अहिलेकै बेबस्थामा खुसी खोज्नु पर्ने उहाँको भनाई छ । कहिले राजाको नाममा, कहिले धर्मको नाममा राजनिती गर्न नहुने भन्दै उहाँले अब अर्थ राजनिती अत्यावस्यक रहेको बताउनुभयो ।

महिला शसक्तिकरण तथा गरिबी निवारण समूह नेपालकी अध्यक्ष इन्दिरा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकका उपमेयर राजेश बानियाँ, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सल्लाहाकार समिति सदस्य भिमसेन महत, नेपाली कांग्रेस सचिवालय सदस्य तारा कार्की नेकपा माओवादी केन्द्र सदस्य श्रद्वा पाख्रिन, माओवादी नेतृ लक्ष्मि माझि कृपा, गंगा चौलागाइ लगायतको उपस्थिति रहेको थियो ।

समुहको आयोजनामा हेटौडा नगरका विभिन्न वडामा संचालन भएको उद्घोषण, प्रतिवेदन लेखन तालिममा सहभागी भएका महिलाहरुलाइ प्रमाण पत्र वितरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*