राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशबाट सत्ता गठबन्धनका चारैजना उम्मेदवार विजयी

छहारी संवाददाता
माघ ११, २०८०

राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट सत्ता गठबन्धनका चारैजना उम्मेदवार विजयी भएका छन् ।

बिहिबार सम्पन्न मतदानमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार अपाङ्ग क्लस्टरमा नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी, महिला क्लस्टरमा नेपाली कांग्रेसबाट विष्णु देवी पुडासैनी, र अन्य क्लस्टरमा नेपाली कांग्रेसबाट जितजंग बस्नेत, दलित क्लस्टरमा एकीकृत समाजवादीबाट घनश्याम रिजाल विश्वकर्मा विजयी हुनु भएको छ । अधिकारीे ६ हजार ३८३, पुडासैनी ६ हजार ६२२, बस्नेत ६ हजार ५३१, र विश्वकर्मा ६५१२ मतले विजयी हुनु भएको हो ।

अपाङ्ग क्लस्टरका एमाले उम्मेदवार विवेक देवकोटाले २ हजार ७ सय ३४ मत प्राप्त गर्नुभयो । यसै क्लस्टरमा राप्रपा र नेमकिपाका उम्मेदवार भरतमणि भट्ट र हिमालयश्वर मुलले क्रमश ७२७ र १९७ मत प्राप्त गर्नुभयो ।

महिला क्लस्टरमा एमालेकी उम्मेदवार रोचकुमारी चौलागाईले २ हजार ५ सय ५२ मत प्राप्त गर्नुभयो भने राप्रपाकी बाल कुमारी डल्लाकोटी र नेमकिपाकी कृष्ण लक्ष्मी दुवालले क्रमश ७०८ र १९७ मत प्राप्त गर्नुभयो ।

यस्तै अन्य क्लस्टरमा एमालेका उमेदवार निर्मल पौडेलले २३५९ मत प्राप्त गर्नुभयो भने राप्रपाका उम्मेदवार हेमजंग गुरुङ र नेमकिपाका उम्मेदवार श्रीकृष्ण महर्जनले क्रमश ९५८ र १९७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै दलित क्लस्टरमा एमालेका उम्मेदवार ध्रुवाराज विश्वकर्माले ३ हजार ५२ मातभार प्राप्त गर्नुभयो नेमकिपाका उम्मेदवार संगिता नेपालीले १९७ मत प्राप्त गर्नुभयो । बागमती प्रदेशबाट ४ सदस्यका लागि भएको निर्वाचनमा ३ सय ४२ मत खसेको थियो भने ५ जना मतदाता अनुपस्थित रहेका थिए । प्रदेश सभाका १ सय ८ सदस्य र स्थानीय तहका २ सय ३४ प्रमुख र उप प्रमुखहरूले मतदान गरेका हुन् । १९ जना राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि देशभर मतदान भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*